बैंकमा तरलता बढेपछि राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ तान्दै
२८ जेष्ठ २०८२, बुधबार १२:०४

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता देखिएपछि आज ४० अर्ब रुपैयाँ तान्ने भएको छ। यसअघि आइतवार मात्रै २० अर्ब रुपैयाँ तानेको थियो।
तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन गर्न लागेको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोलको समय तोकिएको छ।
बोलकबोल न्यूनतम १० करोड रुपैयाँ र बढीमा ५ करोडले निःशेष भाग जाने गरी वा अधिकतम रकमसम्म गर्न सकिनेछ। सावाँ तथा ब्याज असार १८ गते तिर्नु पर्नेछ।
बोलकबोल खुला ब्याजदरमा हुनेछ र यसमा बहु ब्याजदरमा बहुबोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ। यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने छन्।
81.-DC_NOtice-2082.02.28












