रोकिएन शेयर बजारको गिरावट, हाइड्रोपावरमा उछाल आउँदा करिव १० अर्बको कारोबार

२८ जेष्ठ २०८२, बुधबार १५:०७

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरोे अंकले घटेको छ । आज नेप्से परिसूचक १३.२८ अंकले घटेर २६६४ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार घटेसँग आज कारोबार रकममा पनि सामान्य गिरावट आएको छ । बुधबार विभिन्न सेक्टरका तीन सय सात कम्पनीको दुई करोड २० लाख ७५ हजार कित्ता शेयर खरिद–बिक्री भएर नौ अर्ब ९० करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यस दिन हाइड्रोपावर सेक्टर बाहेक अन्य सम्पूर्ण उप–सूचकहरु राताम्मे बनेका छन् । आज ७७ वटा कम्पनीको मात्र शेयरमूल्य बढेको छ भने १७० वटाको मूल्यमा भारी गिरावट आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*