हाइड्रोपावरका लगानीकर्ता भए मालामाल, बजार घट्दापनि यी कम्पनीमा सकारात्मक सर्किट
२८ जेष्ठ २०८२, बुधबार १५:१०

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरोे अंकले घटेको छ । आज नेप्से परिसूचक १३.२८ अंकले घटेर २६६४ को बिन्दुमा कायम भएको छ ।
बजार घटेतापनि आज ७० वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ । जसमा बुटवल पावर कम्पनी, पियोर इनर्जी र सिनर्जी डेभलपमेन्टको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, आज रिभर फल्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, साहश उर्जा, युनाइटेड मोदी लगायतका कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाएका छन् ।













