जीवन बीमा व्यवसायमा सावधिक जीवन बीमाको हिस्सा ३८ प्रतिशत, सबैभन्दा कम म्यादी (तथ्याङ्क सहित)

२८ जेष्ठ २०८२, बुधबार १६:०२

काठमाडौं । जीवन बीमा व्यवसायमा सर्वाधिक जीवन बीमाको हिस्सा अन्य बीमाको तुलनामा बढी देखिएको छ। जीवन बीमा व्यवसायमा सावधिक जीवन बीमाको हिस्सा ३८ प्रतिशत रहेको बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्यांकले देखाएको छ।

जीवन बीमा कम्पनीहरुले संकलन गरेको कुल बीमाशुल्कको हिस्सा सबैभन्दा बढी सर्वाधिक बीमालेखमा रहेको छ भने सबैभन्दा कम म्यादी बीमालेख रहेको छ।

बीमा चालु आर्थिक वर्षको वैशाखसम्मको तथ्यांक हेर्दा जीवन बीमा कम्पनीहरुको व्यापारमा सबैभन्दा बढी हिस्सा सावधिक बीमालेखको देखिएको छ।

बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको वैशाखसम्म जीवन बीमा कम्पनीहरुले ५३ अर्ब ७० करोड रुपैयाँ बढीको प्रिमियम संकलन गर्न सफल भएको छ।

जुन अघिल्लो वर्ष यही अवधिसम्मको तुलनामा १८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष वैशाखसम्म जीवन बीमकहरुले ४५ अर्ब ३९ करोड रुपैयाँ बढीको प्रिमियम संकलन गर्न सफल भएको छ।

दोस्रोमा अग्रिम भुक्तानी सावधिक बीमालेख बिक्री भएको छ । कम्पनीले यस अवधिसम्ममा २९ अर्ब ११ करोडको प्रिमियम कलेक्सन गरेको छ।

तेस्रोमा बालबच्चासम्बन्धी सावधिक बीमालेखवापत २१ अर्ब ५४ करोडको प्रिमियम कलेक्सन भएको छ।

त्यस्तै, प्राधिभकरणका अनुसार रुपान्तरित सावधिक बीमालेखको १७ अर्ब ३९ करोड, जीवन बीमकले एकल बीमाशुल्कको ५ अर्ब ६९ करोड रुपैयाँ, आजीवन बीमालेखको ३ अर्ब ५९ करोड ६३ लाख रुपैयाँ, वैदेशिक रोजगार म्यादी बीमालेखको २ अर्ब ८८ करोड रुपैयाँ, अन्य बीमालेखको २ अर्ब ७३ करोड रुपैयाँ, लघु बीमालेखको २ अर्ब ४३ करोड रुपैयाँ र म्यादी बीमालेखको १ अर्ब २५ करोड रुपैयाँ प्रिमियम कलेक्सन भएको प्राधिकरणको तथ्याकले देखाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*