भ्रष्टाचार आरोपमा सूचना विभागमा महानिर्देशक प्रदिप परियार निलम्वित

२८ जेष्ठ २०८२, बुधबार १६:४९

काठमाडौं । काठमाडौं महानगरपालिकामा हुँदा भ्रष्टाचार गरेको आरोपमा हाल सूचना तथा प्रशारण विभागमा कार्यरत महानिर्देशक प्रदिप परियार निलम्वित भएका छन् ।

आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाखुशीमा ढल निर्माण गर्ने क्रममा दोषी ठहर गर्दै आयोगले आज विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । यससँगै महानिर्देशक परियार निलम्वनमा परेका छन् ।

आयोगले सामाखुशी म्हैपी क्षेत्रमा ढल निर्माणको क्रममा गरिएको ठेक्कामा अनियमितता ठहर गर्दै मुद्दा दायर गरेको हो । आयोगले काठमाडौं महानगरपालिकाका निर्देशक रविन्द्र मान श्रेष्ठ, शिवराज अधिकारी, बसन्त आचार्य, नमराज ढकाल, इन्जिनियर जनार्दन गरी, सहायक निर्देशक उत्तम दाहालका विरुद्धमा कूल चार करोड ३१ लाख रुपैयाँ भन्दा बढि रकम भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*