१८ लाखको हाति खाली बनाउँने ट्रेड टावरको आइपीओ कहिले हुन्छ बाँडफाँट ?

२८ जेष्ठ २०८२, बुधबार १७:१५

काठमाडौं । ट्रेड टावर लिमिटेडले यही जेठ १४ गतेदेखि २० गतेसम्म निष्काशन खुला गरेको आईपीओ असार १ गते बाँडफाँट गर्ने भएको छ । उक्त कम्पनीको आईपीओ बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा आइतबार बिहान बाँडफाँड गर्ने तयारी गरिएको हो ।

आईपीओका लागि २१ लाख ६९ हजार ८९१ जनाले २ करोड ५७ लाख ७९ हजार ७९० कित्ताको लागि आवेदन दिएका छन् । कम्पनीले आफ्नो जारी पूँजी ८१ करोड ५६ लाख ९ हजार ७०० को रुपियाँको ४८.६९६ प्रतिशतले हुन आउने ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको थियो ।

कम्पनीले ३२ लाख ९६ हजार ५०५.१९ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । उक्त शेयर ३ लाख २९ हजार ६ सय ५० जनाले १०–१० कित्ताका दरले पाउने छन् । बाँकी रहेका १८ लाख बढी मानिसको हात खाली हुने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*