बीमा अभिकर्ता बीमितका आय विश्लेषक हुन् :सरोज भट्टराई, एजेन्सी म्यानेजर, सिटिजन लाइफ

नेपाली बीमा क्षेत्र र पूँजी बजारमा चिरपरिचित नाम हो, सरोज भट्टराई । ताप्लेजुङ जिल्लामा जन्मिएका भट्टराई हाल सिटिजन लाइफ इन्स्योरेन्सको नयाँ बानेश्वर शाखा कार्यालयमा एजेन्सी म्यानेजरका रुपमा कार्यरत हुनुहुन्छ ।
एकदशक देखि काठमाडौंमा रहेका देशका विभिन्न कम्पनीशहरुमा लगानी गर्दै आएका भट्राई विगत तीन वर्षदेखि सिटिजन लाइफ इन्स्योरेन्समा बीमा व्यवसाय गरीरहेका छन् । उनले हालसम्म सयौं नागरिकहरुको बीमा गरि जोखिम हस्तान्तरण गर्दै आएका छन् । नेपाली युवा–युवतीलाई आफ्नो व्यवसाय गरेर पनि यो बीमा क्षेत्रको प्लेटफर्मको प्रयोग गरि आफूलाई आर्थिक र सामाजिक रुपमा सक्षम बनाउँदै अगाडि बढेका छन् ।
जीवन बीमा पेशालाई आफ्नो जीवनकै अभिन्न अंग बनाउनुका साथै पुँजी बजारमा समेत शेयर बिश्लेषकका रुपमा रहेका भट्टराईले सयौं मानिसहरुलाई लगानीका उपायहरु समेत दिएर आर्थिक सम्मुनतिको बाटो देखाइरहेका छन् । उनले आफ्नै इन्भेष्टमेन्ट कम्पनी समेत खोलेर सञ्चालन गरीरहेका छन् । पुँजी बजार र बीमा व्यवसायलाई एकमुष्ट रुपमा अघि बढाएर मासिसहरुलाई बीमा भनेको उत्कृष्ट सम्पत्ति हो भन्ने कुरा बुझाउँदै आएका छन् ।
प्रस्तुत छ, उनै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका एजेन्सी एजेन्सी म्यानेजर सरोज भट्टराईसँग बीमापोष्टका लागि राजन कठायतले गरेको कुराकानीको प्रस्तुत अंशः
बीमा क्षेत्रमा आवद्ध हुनुभएको कति समय भयो ?
– म अहिले सिटिजन लाइफ इन्स्योरेन्समा आवद्ध छु । म यो भन्दा अगाडी नेपाल लाइफको अभिकर्ता बनेको थिए । तर, जुन यो बीमा क्षेत्रलाई काम गर्नुपर्छ भन्ने तरिकाले म २०७९ सालको भदौ महिनादेखि सिटिजन लाइफमा व्यवसायिक रुपले सुरु गरेको थिए ।
बीमा अभिकर्ता पेशालाई मात्र व्यवसायिक बनाउनु भएको छ की, यो बाहेक अन्य कुनै पेशा/व्यवसाय पनि गर्दै हुनुहुन्छ ?
–यो बीमा अभिकर्ता पेशा मेरो लागि पार्ट टाइम मात्रै हो । यो भन्दा अगाडी र अहिले पनि म विशेष गरेर शेयर मार्केट सम्बन्धि तालिमहरु दिने, इन्भेष्टमेन्ट गर्ने लगायतका कार्यमा आवद्ध छु । मेरो आफ्नै इन्भेष्टमेन्ट कम्पनीहरु पनि छन् । त्यो कम्पनीहरु पनि मैले अहिले सञ्चालन गरीरहेको छु ।
पुँजी बजारको लगानीकर्ताका साथ–साथै सफल अभिकर्ता पनि हुनुहुन्छ । आम नागरिकहरुलाई चाँही कसरी बीमा गराउनुहुन्छ ?
–यो अभिकर्ताको पेशा भनेको चाँही वित्तीय सल्लाहकार पनि हो । हामिले वित्तीय सल्लाह दिने, योजना बनाइदिने काम गर्नुपर्छ । हामिले खाली बीमा ल्याउने मात्रै कुरा ठूलो होइन् । कुनै पनि बीमितले १०–१५ वर्षको बीमा गर्दाखेरी आजको मात्र प्रिमियमलाई हामीले हेर्नुहुदैन् । उसले १५ वर्षसम्म कसरी प्रिमियम तिर्न सक्छ अथवा सक्दैन भन्ने एउटा कुराको योजना बनाइदिनुपर्छ । त्यसैले हामी अभिकर्ता भनेको चाँही फाइनान्सियल एड्भाइजर पनि हो ।
मैले चाँही जो मसँग बीमा गर्न चाँहानुहुन्छ, उहाँहरुलाई राम्रोसँग प्लान बनाएर दिन्छु । किनकी म पनि इन्भेष्टमेन्ट सेक्टरमा भएकोले अथवा लगानी गर्नुपर्छ, त्यहाँबाट पैसा बन्छ भने सेक्टरमा काम गर्ने भएका नाताले पनि म बीमालाई चाँही यो सम्पति हो । यसलाई उपहयोग गर्न सकिन्छ, भोलि प्रिमियम तिर्ने कुरालाई पनि म इन्भेष्टमेन्टसँग जोडेर उहाँहरुलाई सहजिकरण गरीदिने, १०–१५ वर्षको एउटा प्लानीङ गरिदिने तरीकाले काम गरीरहेको छु ।

सर्वसधारणहरुलाई बीमाबारे बुझाउँदा सहज–असहज प्रतिक्रिया कस्तो पाउनु भएको छ ?
–यसमा चाँही हामी भर्खर आएका नयाँ अभिकर्ता भएको हिसावले पनि धेरै संघर्ष यसमा रहेको छ । अझ यो हामी भन्दा अघिल्लो पुस्ताका अभिकर्ताले चाँही झन् बीमाप्रति नकारात्मक धारणा अलि बढी पाइन्छ । यो भन्दा अगाडि विशेषगरी अभिकर्ताहरुको भूमिका कस्तो रहन्छ भन्ने कुरा एकदमै महत्वपूर्ण हुन्छ जस्तो लाग्छ मलाई । अभिकर्ताले कस्तो सल्लाह दिन्छ, बीमालाई कसरी बुझाउन सक्छ, भन्ने कुराले पनि प्रभाव परिरहेको हुन्छ ।
बजारमा अझै पनि मरेपछि र परेपछि आउन्छ भन्ने जुन भाष्य निर्माण भाको छ । त्यो चाँही अझै पनि मानिसको दिमागमा ताजै छ । अहिले पनि त्यो सम्झिरहेका छन् । बीमा अभिकर्ताले चाँही यो सम्पत्ति हो भन्ने कुरा नबुझाएको कारणले, त्यो बुझाउन नसक्दै गर्दाखेरी चाँही त्यस्ता अप्ठ्याराहरु, त्यस्ता प्रश्नहरु प्रसस्त मात्रामा आइराखेका छन् ।
अभिकर्ताहरुले राम्रोसँग बुझाउन नसक्दा के सरेण्डर बढीरहेको होत ?
–यसमा पनि अभिकर्ताको भूमिका केही न केही पक्कैपनि हुन्छ । मैले अघि पनि भने, हामी अभिकर्ता वित्तीय सल्लाहकार भएकाले बीमितले १०–१५ वर्षसम्म प्रिमियम कसरी तिर्ने भन्ने कुराको राम्रो प्लान बनाइदिनुपर्छ । बीमितको फाइनान्सियल कन्डिसन कस्तो छ ? इन्कमका स्रोतहरु के छन् ? र हामीले थप आम्दानी हुने स्रोतहरु ठाँउहरु छन् भनेदेखि त्यो देखाइदिन सक्नुपर्छ ।
अर्को कुरा के छ भने, बीमितहरुले पनि अभिकर्ताहरुका तत्कालका कुरा सुनेर तत्कालको फाइदालाई हेरेर मात्र हुदैन । मैले भोलि भविष्यमा प्रिमियम तिर्न सक्छुकी सक्दैन् । मेरा आम्दानीका स्रोतहरु के–के छन् ? त्यो ख्याल नगरी बीमा गर्ने हुनाले सरेण्डरको संख्या अलिकति बढी भएको पाइन्छ । बीमितका प्रिमियम तिर्ने प्लानिङ नहुदा र अभिकर्ताले राम्रो प्लानिङ नबनाइदिदाँ बढी सरेण्डर हुने गरेका छन् ।
तपाईले बीमा पोलिसी कसरी बिक्री गर्नुहुन्छ ?
–विशेषगरी मैले बजारमा बीमा बुझाउदै गर्दा धेरैको आफ्नो सेल्स पोलिसी हुन्छ । सेल्स स्किल हुन्छ । के कुरा बेच्ने, बीमितलाई कसरी बुझाउने भन्ने हुन्छ । तर, मेरी चाँही के छ भन्दाखेरी कत्तिले बोनशको रुपमा बेचिरहेका हुन्छन् भने कसैले सीआई यति पाउछ, रोग लाग्यो भने यति पाउछ, भन्ने हिसावले बेचिरहेका हुन्छन् । म चाँही विशेषग गरेर शेयर मार्केटमा पनि आवद्ध भएकाले बीमितको आर्थिक अवस्थाको क्यालकुलेट गरेर, बीमालाई सम्पत्तिको रुपमा बिक्री गर्ने गरेको छु ।

तपाईको बुझाईमा नागरिकले किन बीमा गर्ने ?
– सर्वप्रथम त हामीले बीमा रिस्क कभरेज, भोलि भविष्यमा हुने भवितव्यका कुराहरु, रोग व्यादका कुराहरुबाट हुने क्षतिको न्यूनिकरणको लागि आर्थिक क्षतिलाई कम गर्नको लागि नै गरिने हो । रिस्क कभरेजकै लागि हामिले बीमा गर्दर्छौ । सँगसँगै हाम्रो बचत गर्ने ठाउँहरु नदेख्दै गर्दाखेरी हामीले अनावश्यक खर्चहरु जहाँ गरीराखेको हुनछौ । त्यस्ता खर्चहरुलाई कन्ट्रोल गर्नको लागि पनि हामीले बीमा गर्न आवश्यक छ । बचतसँगै रिस्क कभरेजको लागि बीमा गर्ने हो । अर्को कुरा बचत भएको पैसालाई चलाउन सकेको खण्डमा हामिले भोलि थप पैसा पनि बनाउन सक्दछौं ।
सिटिजन लाइफमा बीमा अभिकर्ता भएर काम गर्दा कत्तिको सन्तुष्ठ हुनुहुन्छ ?
–जुनदिनदेखि मैले सिटिजन लाइफमा प्रवेश गरे । शाखा प्रमुख देखि लिएर, एरिया ब्रान्च म्यानेजर, उच्च तहका कर्मचारीहरु, सिईओ सरदेखि सीएमओ सरदेखि अन्य फाइनान्स डिपार्टका सरहरु, म्याडमहरुले एक परिवारको जसरी सहयोग गरेका छन् । यहाँ उहाँहरुले बीमितलाई गर्ने सम्मानका कुराहरु छन्, एजेन्सीलाई दिने सम्मानका कुरा छन् । सिटिजन लाइफले धेरै राम्रो गरेको छ ।
बीमितले कसरी सही परामर्शदाता अभिकर्ता चयन गर्ने ?
–विशेषगरी हामीले अभिकर्ता चयन गर्दाखेरी अभिकर्ताको भूमिका पनि भोलि कुनै दुर्घटना हुदाँ, बीमा दावी पर्दा निकै ठूलो हुन्छ । त्यसैले, बीमा अभिकर्ता छनौट गर्दा उसको अनुभव कति छ ? कतिसम्म पोलिसी बिक्री गर्न सकेको छ ? दावी पर्दाखेरी कस्तो भूमिका निर्वाह गरेको छ । त्यो कुरालाई ख्याल गरेर बीमितलाई चिनजानको भरमा भन्दा पनि अनुभवि अभिकर्तासँग बीमा गर्दा उचित हुन्छ ।
कम्पनीहरुले बीमा दावी भूक्तानीमा आनाकानी गर्ने समस्या अझै जिबित रहेको छ । तपाईको बुझाईमा यस्को प्रमुख समस्या के होला ?
–बीमा दावी भुक्तानीका समस्याहरु हामीले दैनिक जसो सुन्दै आइरहेका छौं । विभिन्न ठाउँहरुमा बीमितहरु रोग लाग्दा, विभिन्न दुर्घटनामा पर्दा समेत पैसा नपाको भन्ने कुराहरु कहिलेकाही हामीले सुनिराखेका हुन्छौ । विशेषगरी सीआईको केसमा बढी सुनिने गर्दछ ।
बीमितहरुसँग प्रिमियमा बुझाउने उचित प्लान नहुदा बिच–बिचमा प्रिमियम नतिर्ने, कहिलेकाही बीमित आफैले गल्ती गरिरहेको हुन्छ । त्यसले पनि बीमा दावी पाइदैन् । विभिन्न समस्याहरु रहेका छन् तर पनि बीमितले आफ्नो पोलिसी निरन्तर रुपमा अघि बढाउँदै लगेको खण्डमा दावी भुक्तानीमा समस्या छै्रन् ।

बीमितले पाएको कर्जा सुविधा र एकमुष्ट रकमलाई चाँही तपाई एक लगानीकर्ता भएको हिसावले कसरी लगानी गर्न सुझाव दिनुहुनछ ?
–बीमितहरुको लागि बीमा बचतका साथसाथै जोखिम रक्षावरण पनि हो । त्यो बचत भएको पैसालाई भोलि ऋणको रुपमा र बीमितले आफ्नो आवश्यकताको आधारमा भोलि कुनै मौका आउदै गर्दा, केही सर्टटर्म तथा लामो समयको लगानीको रुपमा हुनसक्छ । त्यो पैसालाई राम्रो ठाउँमा लगानी गर्न सकियो भने जोखिम रक्षावरणका साथ–साथै अरु थप पैसा पनि बनाउँन सकिन्छ । जस्तो, राम्रो कम्पनीको शेयर खरिद, आईपीओ समेत लिदा हामीले उचित मुनाफा आर्जन गरेर सम्पत्तिको रुपले अगाडि बढाउन सक्दछौं ।
बीमितहरुले सिटिजन लाइफका कस्ता बीमा पोलिसीहरु बढी रुचाउने गरेका छन् ?
–मेरो अहिलेसम्म तीन वर्षको अवधिमा लगभग १ सयजना भन्दा बढी मानिसहरुको बीमा गरीसकेको छु । यसमा आवश्यकताको आधारमा लिने प्लानहरु छन् । भोलि रिटायर्ड लाइफ बिताउन चाँहाने मानिसहरुले जीवन सारथी प्लान लिनुहुनछ । अलिकति युवा पुस्ता तथा बिजनेश सम्बन्धि आइडिया भएका लगानी गर्ने मनस्थीति भएका मानिसहरुले मनि ब्याकवाला पोलिसी लिने गरेका छन् । मैले अधिकांश सिटिजन मनि प्लान पोलिसीहरु बिक्री गरेको छु ।
ताप्लेजुङको एक गाउँमा जन्मिएर अहिले काठमाडौंमा गाडी चढ्नेसम्मको अवस्था छ । त्यो सघर्षलाई कसरी सम्झिनुहुन्छ ?
–यो संघर्ष भन्ने कुरा सबैको आ–आफ्नो हुन्छ । आफ्नो तरिकाले संघर्ष गरीरहेका हुन्छन् । म चाँही जव २०७१ सालमा काठमाडौं छिर्दै गर्दाखेरी जागिरीको टुङ्गो पनि थिएन् । बस्ने टुङ्गो पनि थिएन । साथीहरुले बोलाएर काठमाडौं प्रवेश गरेको हो । आउने वित्तिकै यहाँ मलाई फाइदा चाँही के भो भन्दा वास्तवमा छिट्टै समयमा गाडी चड्न सक्ने अवस्थामा कसरी पुगे भन्दा खेरी जब मैले कमाउन सुरु गरे इन्भेष्टमेन्ट गर्न जाने । सानै उमेरदेखि मैले जति पनि कमाए इन्भेष्टमेन्ट गर्नुपर्छ भन्ने हिसावले जानेको भएर आएको लक्ष्मीलाई लगानी गर्दा मैलै अहिले काठमाडौंमा गाडी चढ्ने स्थिती बनाएको हो ।













