प्रतिकित्ता ४३५ रुपैयाँमा स्वावलम्बन लघुवित्तको शेयर बिक्रीमा, सबैले किन्न पाउने
२९ जेष्ठ २०८२, बिहीबार ०६:३६

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले ५३ हजार कित्ता संस्थापक शेयर लिलाम प्रक्रियाद्वारा बिक्रीमा राखेको छ।
यसमा कम्पनीका संस्थापक शेयरधनीका साथै सर्वसाधारण तथा संगठित संस्थाहरूले पनि आवेदन दिन सक्नेछन्।
बिक्रीमा राखिएको शेयरको प्रतिकित्ता न्यूनतम मूल्य ४३५ रुपैयाँ तोकिएको छ। यसमा आज जेठ २९ गतेदेखि असार १२ गतेसम्म आवेदन दिन सकिनेछ।
आवेदन दिंदा घटीमा १ हजार कित्ता र बढीमा १० ले निःशेष भाग जाने गरी वा सम्पूर्ण शेयर खरीद गर्न सकिने व्यवस्था गरिएको छ।
बोलपत्र आवेदन फाराम काठमाडौंको लाजिम्पाटस्थित बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडको कार्यालयमा पाइनेछ।













