हाइड्रोपावरमा झुम्मिदै लगानीकर्ता, ४१ कम्पनीको मूल्य बढ्यो, कुनको कति?

२९ जेष्ठ २०८२, बिहीबार ०८:२०

काठमाडौं । यो साताको शेयर कारोबार गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ। अघिल्लो दिन १२ वटै उपसूचकमा गिरावट आए तापनि हाइड्रोपावर उपसूचक भने १.१३ प्रतिशतले वृद्धि भएको छ।

बुधबार लगानीकर्ताहरू पनि हाइड्रोपावर कम्पनीमै झुम्मिएका छन्। राधी विद्युतको मात्रै ६१ करोड ५७ लाख रुपैयाँमाथिको शेयर कारोबार भएको छ। त्यस्तै सानिमा माइ हाइड्रोपवारको ५९ करोड २७ लाख रुपैयाँ बुटवल पावरको ५८ करोड ४८ लाख रुपैइाँमाथिको शेयर किनबेच भएको छ।

त्यस्तै सिनर्जी पावर, बुटवल पावर, रिभर फल्स पावर लगायतका ४१ वटा हाइड्रोपवार कम्पनीहरूको शेयरमूल्य पनि बढेको छ। शेयरमूल्य बढेका कम्पनीहरूको शेयर न्यूनतम २०० रुपैयाँदेखि १८८० रुपैयाँसम्म पुगको छ।

बुधबार पियोर इनर्जी, सिनर्जी पावर र बुटवल पावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। रिभल फल्स पावर ७.६४ प्रतिशत, सगरमाथा जलविद्युत ४.९८ प्रतिशत, साहस ऊर्जा ४.५७ प्रतिशत, चिलिमे हाइड्रोपावर ४.५५ प्रतिशत, रुरु जलविद्युत ४.५१ प्रतिशतले वृद्धि भएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*