प्रतिकित्ता ३१५ रुपैयाँमा स्वरोजगार लघुवित्तको शेयर बिक्रीमा

२९ जेष्ठ २०८२, बिहीबार ०९:१६

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले ५४ हजार ४६४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

जसमध्ये ३३ हजार ९६४ कित्ता शेयर संस्थापक शेयरधनीले र २० हजार ५०० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताले खरीद गर्न पाउनेछन्।

कम्पनीले संस्थापक शेयरधनीले खरीद गर्ने शेयरको प्रतिकित्ता न्यूनतम मूल्य ३१५ रुपैयाँ तोकेको छ। तर सर्वसाधारणका लागि बिक्री खुला गरिएको शेयरको कुनै मूल्य तोकिएको छैन।

शेयर खरीद गर्न इच्छुक व्यक्तिले अबको ३५ दिनभित्र काभ्रेपलाञ्चोकको बनेपा–५ स्थित कम्पनीको केन्द्रीय कार्यालयमा लिखित निवेदन दिनु पर्नेछ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*