सान्भि इनर्जीलाई नेप्सेले कति तोक्ला मूल्य रेञ्ज?

२९ जेष्ठ २०८२, बिहीबार ०९:४५

काठमाडौं । सान्भि इनर्जी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक शेयर (आईपीओ) जेठ २६ गते बाँडफाँड गरेको छ।

आईपीओ बाँडफाँड भएसँगै अब कम्पनीले आईपीओ नेप्सेमा सूचीकृत गराउने प्रक्रिया अघि बढाउनेछ।

कम्पनीले संस्थापकलाई ५० लाख १० हजार कित्ता, आयोजना प्रभावित स्थानीय बासिन्दालाई ८ लाख ८० हजार कित्ता र कर्मचारी सहित सर्वसाधारणलाई २९ लाख १० हजार कित्ता बाँडफाँड गरेको छ।

सर्वसाधारणलाई शेयर बाँडफाँड गरेको मितिले संस्थापक, आयोजना प्रभावित र कर्मचारीतर्फको शेयर तीन वर्षसम्म लकइनमा रहनेछ भने सामूहिक लगानी कोषतर्फको शेयर छ महीनासम्म लकइनमा रहनेछ र कारोबार गर्न सकिने छैन।

नेप्सेले आईपीओ जारी गरेका कम्पनीको पहिलो कारोबारका लागि वास्तविक प्रतिशेयर नेटवर्थदेखि त्यसको तीन गुणासम्मको मूल्य रेञ्ज तोक्ने गरेको छ।

यस कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ १२०.७४ पैसा रहेकाले सूचीकृत भएपछि पहिलो कारोबारका लागि नेप्सेले घटीमा १२०.७४ रुपैयाँदेखि बढीमा ३६२.२२ रुपैयाँसम्म रेञ्ज तोक्न सक्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*