लिवर्टी माइक्रो र बागमती प्रदेशका सहकारी संस्थाबीच सम्झौताः सस्तो दरमा ऋणी र सदस्यको बीमा गरिने

२९ जेष्ठ २०८२, बिहीबार ११:२३

काठमाडौं । लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सले हालै बाग्मती प्रदेशका विभिन्न सहकारी संस्थाहरूसँग सम्झौता गरेको छ। सम्झौताअनुसार सहकारी संस्थाहरूका ऋणी र सदस्यहरूलाई कम्पनीले सस्तो दरमा बीमा सेवा उपलब्ध गराउनेछ।

कम्पनीले आपतकालीन अवस्थाहरूमा राहत दिनुका साथै सहकारीहरूको लगानीको सुरक्षा सुनिश्चित गर्न यसले मद्दत पुग्ने बताएको छ।

सम्झौतामा संलग्न सहकारी संस्थाहरूमा कालोपूलको एक्जोटिक सेभिङ एण्ड क्रेडिट, टेकुको पलेस्वां सेभिङ एण्ड क्रेडिट, हाडिगाउँको जय मा अजिमा सेभिङ एण्ड क्रेडिट, रातोपूलको क्लिक सेभिङ एण्ड क्रेडिट, ललितपुरको प्रतिभा बहुउद्देश्यीय संस्था, गोकर्णेस्वरको उत्तरबाहिनी बहुउद्देश्यीय सहकारी तथा पनौतीको ज्योति मिर्मिरे सामुहिक सेभिङ एण्ड क्रेडिट रहेका छन्।

सम्झौता कार्यक्रम लिबर्टी माइक्रो लाइफ र सम्बन्धित सहकारी संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न भएको हो। बीमा सेवा पूर्ण रूपमा अनलाइन माध्यमबाट उपलब्ध हुने भएकाले सहुलियत दरमा गुणस्तरीय सेवा पाइने कम्पनीले जनाएको छ।

कम्पनीले यो सेवा अन्य सहकारी र वित्तीय संस्थाहरूसम्म पनि पुर्‍याउन बीमा सचेतना अभियान सञ्चालन गरिरहेको जनाएको छ।

नेपालका लगभग ६०% नागरिक अझै पनि बीमाको पहुँचबाहिर रहेको यथार्थलाई ध्यानमा राख्दै कम्पनीले न्यून आय भएका वर्गलाई केन्द्रमा राखी सेवा विस्तार गरिरहेको जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*