एनएलजी इन्स्योरेन्सको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

२९ जेष्ठ २०८२, बिहीबार १३:३४

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको १९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा काठमाडौंको बालुवाटारस्थित आम्रपाली ब्याङ्केटमा आज कम्पनीका अध्यक्ष बिमल प्रसाद वाग्लेको अध्यक्षतामा सम्पन्न भएको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार रूपैयाँको २.५० प्रतिशत बोनस शेयर र ०.१३१५७९ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरेको छ।

साथै गत आवको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरेर निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याएको छ।

कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र गत आवमा भएको खर्च अनुमोदन गर्ने र सञ्चालकको बैठक भत्ताबारेको प्रस्ताव पनि सभाले पारित गरेको छ।

कम्पनीले अध्यक्ष बिमल प्रसाद वाग्लेले सभामा उठेका सम्पूर्ण शेयरधनीहरुको जिज्ञासा मेटाउँदै कम्पनीको उन्नतिको पथमा अघि बढेको बताएका छन् । उनले आउँदो समयमा अझै कम्पनीले शेयरधनीहरुलाई उचित लाभांश वितरण गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

सभामा उपस्थित शेयरधनीहरुले एनएलजी इन्स्योरेन्सको १९ औं वार्षिक साधारण सफलताको कामना व्यक्त गर्दै बीमा प्राधिकरणको चुक्ता पुँजी पुर्याने निर्देशन अनुसार मर्जरमा नगई हकप्रद निष्काशन गर्ने निर्णयको खुलेर तारिफ गरेका छन् ।

सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले जेठ २२ गते एक दिन बुक क्लोज गरिसकेकाले जेठ २१ गतेसम्म कायम शेयरधनीले लाभांश प्राप्त गर्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*