उत्पात गर्मीका बीच भीषण वर्षा हुनेः २९ जिल्लामा बाढीको खतरा

२९ जेष्ठ २०८२, बिहीबार १३:०६

काठमाडौं । उत्पात गर्मीका बीच देशका विभिन्न भागमा भीषण वर्षा हुने भएको छ। बाढी पूर्वानुमान महाशाखाले आज बिहीबार काठमाडौं उपत्यकासहित देशका २९ जिल्लामा बाढीको सम्भावना रहेको बताएको छ।

महाशाखाका अनुसार काठमाडौं, ललितपुर, सिन्धुपाल्चोक, रामेछाप, काभ्रे, मकवानपुर, उदयपुर, चितवन, इलाम, मोरङ, तेह्रथुम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, दोलखा, गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, बझाङ, डोटी, डडेलधुरा, दार्चुला, बैतडी लगायतका जिल्लामा बहने खोलानालामा जलस्तर बढ्न सक्ने सम्भावना रहेको छ।

यीमध्ये भोजपुर, गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, बझाङ, डोटी, डडेलधुरा र दार्चुलामा बाढीको जोखिम बढी देखिएको भन्दै नदीतटका क्षेत्रमा सतकर्ता अपनाउन आग्रह गरेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*