आइएमई लाइफका बीमित, अभिकर्ता र कर्मचारीलाई मेडिसिटी हस्पिटलमा छुट

२९ जेष्ठ २०८२, बिहीबार १४:०३

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका बीमित, अभिकर्ता र कम्पनीमा कार्यरत कर्मचारीले मेडिसिटि हस्पिटलमा छुट प्राप्त गर्ने भएका छन्।

उक्त अस्पतालमा उपचार सेवा लिंदा १० प्रतिशत छुट सहित हेल्थ चेकअप प्याकेजमा विषेश सहुलियत दिने सम्झौता भएको कम्पनीले जानकारी दिएको छ।

कम्पनीका बीमितले कम्पनीको मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाएर र अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र देखाएर उक्त सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*