२४२ जना यात्रु लिएर लण्डन उडेको जहाज दुर्घटनाग्रस्त

२९ जेष्ठ २०८२, बिहीबार १४:५१

काठमाडौं । भारतको गुजरातमा हवाई जहाज दुर्घटनामा परेको छ। अहमदावादबाट लन्डनका लागि उडान भरेको एयर इन्डियाको जहाज गुजरातको अहमदाबाद विमानस्थलबाट उडेको केही बेरमै मेघानीनगरमा दुर्घटनामा परेको भारतिय सञ्चारमाध्यमले जनाएका छन् ।

विमानस्थलबाट मेघानीनगरको दूरी १५ किलोमिटर रहेको बताइएको छ। दुर्घटनाबाट भएको क्षतिको विवरण अझैँ आइसकेको छैन। घटनाको प्रतिकार्य काम भइरहेको सञ्चारमाध्यमले जनाएका छन्। दुर्घटना भएको जहाजमा २४२ जना यात्रुहरु सवार रहेको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*