ङादी ग्रुपको मात्रै अर्ब बढीको शेयर किनबेच, अन्य कुन कम्पनीको भयो बढी कारोबार?
२९ जेष्ठ २०८२, बिहीबार १५:०५

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्सेमा साढे १२ अर्ब रुपैयाँबढीको शेयर किनबेच भएको छ। जसमा ङादी ग्रुप पावरको मात्रै १ अर्ब ८ करोड रुपैयाँबढीको शेयर कारोबार भएको छ।
सानिमा माइ हाइड्रोको ७५ करोड ३८ लाख रुपैयाँ, राधी विद्युतको ५४ करोड ४१ लाख रुपैयाँ, युनिभर्सल पावरको ४८ करोड ८८ लाख रुपैयाँ, बुटवल पावर कम्पनीको ४६ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ।
त्यसैगरी एनआरएनको ४० करोड १९ लाख रुपैयाँको, अरुण काबेली पावरको ३६ करोड ९१ लाख रुपैयाँको, चिलिमे हाइड्रोको ३० करोड ६५ लाख रुपैयाँको, अरुण भ्यालि २८ करोड ९० लाख र सिनर्जी पावरको २८ करोड १२ लाख रुपैयाँको शेयर खरीद–बिक्री भएको छ।














