हाइड्रोपावरका लगानीकर्ता दिन प्रति दिन धनी बन्दै, बिहीबार यी कम्पनीको सर्वाधिक मूल्य बद्धि

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ७.१५ अंकले घटेर २६५७ को बिन्दुमा कायम भएको छ ।
पछिल्ल्लो समय समग्रमा शेयर बजार बढेपनि घटेपनि हाइड्रोपावरका लगानीकर्ताहरुले भने सर्वाधिक फाइदा आर्जन गरिरहेका छन् । बिहीबार पनि अधिकांश हाइड्रोपावरका लगानीकर्ताहरु मालामाल बनेका छन् ।
आज पियोर इनर्जीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै, चन्द्रागिरी हिल्स, तेहथुम पावर कम्पनी, रशुवागढी हाइड्रोपावर, पन्चकन्या माई हाइड्रोपावर, नेपाल फाइनान्स लगायतका कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ ।
share
शेयर बजार घट्ने क्रम अझै रोकिन सकेको छैन् । यसदिन कारोबार भएका ३११ व्ठ वटा कम्पनीको दुई करोड ८६ लाख सात हजार कित्ता शेयर खरिद–बिक्री हुदाँ १२ अर्ब ५१ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
बिहीबार फाइनान्स इन्डेक्स, होटल टुरिज्म, हाइड्रो लगायतका उपसूचकहरुमा हरियाली छाएको छ ।













