बीमा प्राधिकरणका कर्मचारीहरुको सेवा सुबिधा बृद्धि गर्ने प्रस्ताव अर्थमन्त्रालयमा

२९ जेष्ठ २०८२, बिहीबार १८:४८

काठमाडौं । नियामक नेपाल बीमा प्राधिकरणमा कार्यरत कर्मचारीहरुको सेवा सुविधा अन्त्यन्तै न्यून भएका कारण कर्मचारीहरुले जागिर छोडेर पलायन हुने क्रम बृद्धि भइरहेको बेला हाल पाउँदै आएको सेवा सुविधामा ९० प्रतिशतसम्म थप गरी स्वीकृतिका लागि अर्थमन्त्रालयमा पेश गरिएको छ ।

तह अनुसार भत्ता लगायतका विभिन्न सुविधा थप गर्ने प्रस्ताव गरिएको छ । तलव स्केल यथावत नै राखी भत्ता बृद्धि गर्ने निर्णय गरिएको हो ।

केही दिनअघि बसेको बीमा प्राधिकरण सञ्चालक समितिको बैठकले कर्मचारीहरुको सेवा सुविधा बृद्धि गर्ने प्रस्ताव पास गरेको थियो । सो प्रस्ताव अर्थमन्त्रालयबाट स्वीकृत भएपछि मात्रै लागू हुनेछ । प्राधिकरणका अनुसार आगामी साउन महिनादेखि लागू हुने गरी नयाँ तलव तथा सेवा सुविधा कायम गर्न प्रस्ताव गरिएको हो ।

समान प्रकृतिका नियामकहरु नेपाल राष्ट्र बैंकका कर्मचारीहरुले बार्षिक २९ लाख रुपैयाँ, नेपाल धितोपत्र बोर्डका कर्मचारीहरुले बार्षिक २२ लाख रुपैयाँ औसतमा सेवा सुविधा लिँदै आएका छन् । तर, बीमा प्राधिकरणका कर्मचारीहरुले औसतमा बार्षिक १२ रुपैयाँ मात्रै तलव भत्ता लगायतका सेवा सुविधा पाउने गर्दछन् । त्यस्तै, राष्ट्रिय बीमा संस्थानकै कर्मचारीहरुले पनि बीमा प्राधिकरणका कर्मचारीहरुले भन्दा धेरै तलव भत्ता पाउने अवस्था छ ।

बीमा प्राधिकरणका कर्मचारीहरुमाथि सेवा सुविधामा भइरहेको असमानता हटाउन भत्ता बृद्धिको प्रस्ताव बीमा प्राधिकरण सञ्चालक समितिबाट पास गरी स्वीकृतिको लागि अर्थमन्त्रालयमा पेश गरिएको हो । प्राधिकरणका कर्मचारीहरुले समानताको दृष्टिबाट अर्थबाट उक्त प्रस्ताव पारित भएर आउनेमा आशावादी देखिएका छन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*