तीनकुने घटनामा दुर्गा प्रसाईंसहित ७ जनालाई थुनामा पठाउन आदेश, ३२ जना जमानतमा रिहा

३० जेष्ठ २०८२, शुक्रबार ०७:३६

काठमाडौं । गत चैत १५ गते राजावादी आन्दोलनका क्रममा तीनकुने क्षेत्रमा भएको हिंसात्मक घटनामा जिल्ला अदालत काठमाडौंले दुर्गा प्रसाईंसहित ७ जनालाई थुनामा पठाउन आदेश दिएको छ।

बिहीबार मध्यराति काठमाडौं जिल्ला अदालतका न्यायधीश ध्रुवराज कार्कीको इजलासले प्रसाईंसहित ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन र ३२ जनालाई जमानतमा छाड्न आदेश दिएको हो।

प्रसाईंसहित सरोज गौतम, गोकर्ण शाही, सुशील बराल, केशव बस्नेत, कुमार तामाङ र दण्डपाणि रेग्मीलाई थुनामा पठाउन आदेश दिएको हो। अन्य ३२ जनालाई भने धरौटी लिएर छोड्न आदेश दिएको छ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई भने अदालतमा उपस्थित गराएपछि मात्रै आदेश हुने भएको छ। हाजिरी जमानीमा छुटेका उनीहरू अहिले फरार भएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*