निफ्राको हरित ऊर्जा ऋणपत्र बाँडफाँड
३० जेष्ठ २०८२, शुक्रबार ०९:२२

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले जेठ २८ देखि २५ गतेसम्म निष्कासन गरेको ‘निफ्रा हरित ऊर्जा ऋणपत्र ६%–२०८८/८९’ बाँडफाँड गरेको छ।
बैंकले प्रति ऋणपत्र अंकित मूल्य १ हजार रुपैयाँका दरले ५० लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो। जसमध्ये ३० लाख कित्ता व्यक्तिगत तवरबाट र १ लाख कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी १९ लाख कित्ता सर्वसाधारणमा निष्कासन गरेको थियो।
बिक्री अवधिभर मागभन्दा बढी आवेदन परेकोमा अयोग्य आवेदनलाई रद्द गरेर बाँकीलाई ऋणपत्र बाँडफाँड गरिएको बैंकले जनाएको छ। बाँडफाँडमा नपरेकाको रकम फिर्ताको प्रक्रिया शुरू गर्न लागिएको पनि जनाएको छ।
बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ।












