मिनिट्रक र मोटरसाइकल ठोक्किँदा २ जना घाइते, ट्रक चालक फरार

३० जेष्ठ २०८२, शुक्रबार १२:१९

काठमाडौं । रुकुमपश्चिमको मुसिकोट नगरपालिका–३ छेरामा मिनिट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्।

शुक्रबार बिहान सुसिकोटको सोलाबाङबाट माछिमीतर्फ जाँदै गरेको रा ५ प ७० नम्बरको मोटरसाइकल र सानीभेरीको सिम्लीबाट दाङतर्फ जाँदै गरेको रा १ ख १४९३ नम्बरको मिनिट्रक ठोक्किएको हो।

घटनामा परि मोटरसाइकलमा सवार दुईजना घाइते भएका छन्। घाइते हुनेमा रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका ७ का टीकाराम केसी र भीमप्रकाश डाँगी रहेका छन्।

घाइतेहरूलाई उद्धार गरेर उपचारका लागि अस्पताल लगिएको छ।

ट्रक चालक सल्यानका निर्मल बिक भने फरार रहेको प्रहरीले जनाएको छ। ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने फरार चालकको खोजी गरिरहेकोे जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*