राप्ती हाईड्रोको हकप्रद शेयरमा आजदेखि आवेदन दिन सकिने

१ असार २०८२, आईतवार ०६:१७

काठमाडौं । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आज असार १ गतेदेखि शतप्रतिशत हकप्रद शेयर सार्वजनिक निष्कासन गरेको छ।

यस कम्पनीले प्रतिकित्ता १०० रूपैयाँका दरले जम्मा ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयर १ बराबर १ को अनुपातमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो।

यसका लागि कम्पनीले जेठ ६ गते बुक क्लोज गरिसकेको छ। यसर्थ जेठ ५ गतेसम्म कम्पनीको साधारण शेयर खरीद गरेका लगानीकर्ताले मात्रै यो हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।

यसमा आवेदन दिने अन्तिम मिति असार २२ गतेसम्म रहेको छ।

यस हकप्रदमा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल नक्साल काठमाडौं र राप्ती हाइड्रोको कर्पोरेट कर्यालय त्रिपुरेश्वर, काठमाडौंबाट आवेदन दिन सकिनेछ।

साथै मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरू विर्तामोड झापा, विराटनगर मोरङ, विरगंज–पर्सा, जनकपुर–धनुषा, नारायणगड– चितवन, पोखरा–कास्की, बुटवल–रुपन्देही, नेपालगञ्ज–बाँके, वीरेन्द्रनगर–सुर्खेत, धनगढी–कैलाली र महेन्द्रनगर–कञ्चनपुरबाट आवेदन दिन सकिनेछ।

त्यसैगरी धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*