कुमारी बैंकको ५ लाख कित्ता शेयर सर्वसाधारणमा बिक्री खुला

१ असार २०८२, आईतवार ०६:५२

काठमाडौं । कुमारी बैंक लिमिटेडले ५ लाख ६ हजार ९७२ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ।

बैंकले यसअघि यी शेयर राष्ट्र बैंकको नियमानु्सार बैंककै विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिएर बिक्रीमा राखेको थियो। तर संस्थापकबाट सम्पूर्ण शेयर खरीद नभएपछि सर्वसाधारणमा बिक्री खुला गरेको हो।

उक्त शेयर खरीद गर्न इच्छुक सर्वसाधारण लगानीकर्ताले अबको ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड (शेयर रजिष्ट्रार) वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ।

सो शेयरको बिक्री मूल्य शेयर बिक्रीमा राख्ने बिक्रेताले ताके बमोजिम हुने बैंकले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*