ट्रेड टावरको आईपीओ बाँडफाँड आज, ३ लाख २९ हजारले शेयर पाउँदा १८ लाखको हात रित्तिने

१ असार २०८२, आईतवार ०७:०४

काठमाडौं । ट्रेड टावर लिमिटेडले गत जेठ १४ देखि २० गतेसम्म सर्वसाधारणमा निष्काशन गरेको आईपीओ आज असार १ गते बाँडफाँड हुँदैछ।

कम्पनीको आईपीओ बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा आइतबार बिहान साढे ९ बजे बाँडफाँड गर्ने तयारी गरिएको हो।

आईपीओका लागि २१ लाख ६९ हजार ८९१ जनाले २ करोड ५७ लाख ७९ हजार ७९० कित्ताको लागि आवेदन दिएका छन्।

कम्पनीले आफ्नो जारी पूँजी ८१ करोड ५६ लाख ९ हजार ७०० को रुपियाँको ४८.६९६ प्रतिशतले हुन आउने ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको थियो। कम्पनीले ३२ लाख ९६ हजार ५०५.१९ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।

उक्त शेयर ३ लाख २९ हजार ६५० जनाले १०–१० कित्ताका दरले पाउने छन्। बाँकी रहेका १८ लाख बढी आवेदकको हात भने खाली हुने भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*