कोशी प्रदेशका केही स्थानमा भारी वर्षा हुने, उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना

१ असार २०८२, आईतवार ०७:१९

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने र पानी पर्ने सम्भावना रहेको बताएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी भूभागका थोरै स्थानहरू मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले बताएको छ।

कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू तथा बाँकी उच्च–पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

आज बिहानैदेखि उपत्यका लगायतका विभिन्न स्थानहरूमा वर्षा भइरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*