इजरायलमा भिषण इरानी हमला, मध्यपूर्वको युद्धले विश्व अर्थतन्त्र थप अप्ठेरोमा

१ असार २०८२, आईतवार ०७:५२

काठमाडौं । मध्यपूर्वमा तीन दिनदेखि जारी युद्ध रक्तपातपूर्ण अवस्थामा पुगेको छ । इरान र इजरायल दुवैले रक्तपातपूर्ण आक्रमण प्रत्याक्रमण जारी राखेका छन् । इजरायलले सुरु गरेको युद्ध इजरायल र अमेरिकाका लागि घातकसिद्ध हुने अवस्था आएको छ । आज विहानै इजरायलको राजधानी जेरुसेलम तथा आर्थिक केन्द्र तलअभिभमा इरानले भिषण मिसाइल आक्रमण गरेको छ । जसमा १०० भन्दा बढि घाइते तथा छ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । यद्यपि मृतकहरुको संख्या बृद्धि हुने अनुमान गरिएको छ ।

उता, इजरायलले पनि इरानको राजधानी तेहरानस्थित रक्षा मन्त्रालयमा आक्रमण गरेको छ भने तेल प्रशोधन केन्द्रमा पनि आक्रमण गरेको छ । इजरायलले विश्वकै ठूलो तेल प्रशोधन केन्द्रमा हवाई आक्रमण गरेको जनाइएको छ ।

दुई देशका बीचमा जारी भिषण र रक्तपातपूर्ण युद्धले मध्यपूर्वलाई मात्रै नभएर एसिया र सिंगो विश्व अर्थतन्त्रमा नकारात्मक असर देखिन सुरु भइसकेको छ । युद्ध सुरु भएलगत्तै इन्धनको मूल्य यो बर्षकै सबैभन्दा माथि पुगेको छ भने सुनको मूल्यमा उच्च बृद्धि सुरु भइसकेको छ ।

विश्व बजारमा इन्धनको मूल्य बृद्धिसँगै खाद्यान्न लगायतका औद्योगिक उत्पादनको मूल्य उच्च हुन गई विश्वभरकै उपभोक्ताहरुमाथि यसको आर्थिक चाप पर्ने विश्लेषण गरिएको छ । बीबीसीका अनुसार इन्धनको मूल्य अझै आकासिने छ । अझ आज इरान र इजरायलको इन्धन प्रशोधन केन्द्रमा आक्रमण गर्दा उत्पापदन बन्द भएमा थप मूल्य बृद्धि हुने विश्वास गरिएको छ ।

इरानले आणविक हतियार उत्पादन गर्न लागेको भन्दै इजरायलले गरेको सैन्य आक्रमण आज तेस्रो दिनसम्म पुग्दा रक्तपातपूर्ण अवस्थामा पुगिसकेको छ । विश्व समुदाय, संयुक्त राष्ट्र संघ लगायतले तत्काल युद्ध रोक्न आग्रह गरिरहेका छन् । नयाँ युद्धबारे चीन र रसियाको प्रतिक्रिया आइसकेको छैन । उता, अमेरिकाले भने आफू इरानसँगको युद्धमा इजरायलको साथ नहुने संकेत गरिरहेको छ ।

उता, इरानले भने इजरायललाई सहयोग गरेको थाहा पाउने वित्तिकै अमेरिका बेलायत र फ्रान्सका मध्यपूर्वमा रहेका एयरबेसहरु खरानी बनाउने चेतावनी दिँदै आएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*