ग्लोबल आइएमई समुन्नत योजना–२ असार २२ गतेदेखि निष्कासनमा आउने

काठमाडौं । कोष प्रवद्र्धकमा ग्लोबल आइएमई बैंक लिमिटेड र योजना व्यवस्थापक तथा डिपोजिटरीमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको र ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ‘ग्लोबल आइएमई समुन्नत योजना–२’ असार २२ गतेदेखि सार्वजनिक निष्कासनमा आउने भएको छ।
यस योजना अन्तर्गत प्रति इकाई अंकित मूल्य १० रुपैयाँका दरले जम्मा १२ करोड इकाई सार्वजनिक निष्कासनमा आउनेछ। जसमध्ये १८ लाख इकाई ग्लोबल आइएमई बैंक र १ करोड ६२ लाख इकाई ग्लोबल आइएमई लिमिटेडलाई सुरक्षित गरिएको छ। यसरी बाँकी १० करोड २० लाख इकाई सार्वजनिक निष्कासन गर्न लागिएको हो।
यसमा आवेदकले न्यूनतम १०० इकाई र अधिकतममा १ करोड २० लाख इकाईसम्मका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ। निष्कासन बन्द छिटोमा असार २५ गते र ढिलोमा साउन ४ गते हुनेछ।
यो एक बन्दमुखी प्रकृतिको योजना हो। बिक्री अवधिभर कम्तीमा ६ करोड इकाई बिक्री हुनुपर्नेछ यदी बिक्री हुन नसकेमा योजना खारेज गरी १५ दिनभित्र आवेदकको रकम फिर्ता गरिनेछ।
यो इकाई बाँडफाँडको मितिले १० वर्षपछि परिपक्व हुनेछ त्यसपछि योजनाको लगानीलाई नगदमा परिणत गरेर इकाईधनीहरूलाई समानुपाति हिसाबले बाँडफाँड गरिनेछ।
यसको योजना व्यवस्थापक तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।












