प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची
१ असार २०८२, आईतवार ०८:३६

काठमाडौं । प्रतिनिधि सभाको छैटौं अवधिवेशनको २९औं बैठक आज बिहान ११ बजेदेखि बस्दैछ।
सभामा ‘पानी जहाज (सञ्चालन तथा व्यवस्थापन विधेयक, २०८१’ को लागि राष्ट्रिय सभाबाट आएको सन्देश सहित विधेयक टेबलु गरिनेछ।
त्यस्तै रामहरि खतिवडाले ‘संघीय निजामति सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेश गर्नेछन्।
यता उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोेस्’ भन्ने प्रस्ताव पेश गर्ने र यसमा सामान्य छलफल गरिने सम्भावित कार्यसूची रहेको छ।











