आजसम्म कायम शेयरधनीले मात्रै पिपुल्स पावरको हकप्रदमा आवेदन दिन सक्ने
१ असार २०८२, आईतवार १०:१७

काठमाडौं । पिपुल्स पावर लिमिटेडले निकट भविष्यमा निष्कासन गर्न लागेको ५० प्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।
हकप्रद निष्कासनका लागि कम्पनीले भोलि १ दिन बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीले मात्रै उक्त शेयरमा आवेदन दिन सक्नेछन्।
यस कम्पनीले १ बराबर ०.५० को अनुपातमा हकप्रद निष्कासन गर्ने भएकाले १० कित्ता शेयर हुनेले ५ कित्ता हकप्रदका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ।
कम्पनीले हकप्रद निष्कासनको मिति तय गरिसकेको छैन।












