जहाज दुर्घटना लगत्तै भारतमा फेरि अर्को हवाइ दुर्घटना, यात्रुबाहक हेलिकप्टर खस्यो
१ असार २०८२, आईतवार १०:५१

काठमाडौँ । भारतमा यात्रुवाहक विमान दुर्घटनाको केही समय नबित्दै फेरि अर्को हवाइ दुर्घटना भएको छ । उत्तराखण्ड राज्यको रुद्रप्रयागमा यात्रु बोकेको एक हेलिकप्टर दुर्घटनामा पर्दा पाइलटसहित पाँच जनाको ज्यान गएको हो।
केदारनाथ मन्दिर दर्शन गरेर फर्किंदै गरेका तीर्थयात्रीहरुलाई बोकेको हेलिकप्टर बिहिबार दुर्घटनामा परेको हो । उक्त हेलिकप्टर हिमाली क्षेत्रको जोखिमपूर्ण मौसमबाट प्रभावित भएको र सोही कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।
गत बिहिबार भारतको अहमदाबादमा एयर इन्डियाको यात्री विमान दुर्घटनाग्रस्त भएको थियो ।













