श्रीमतीको जन्मदिनमा रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार

१ असार २०८२, आईतवार ११:०४

काठमाडौं । पछिल्लो समय सामाजिक र पारिवारिक कार्यक्रमहरूमा उपहार दिने परम्परा समय सापेक्ष रूपमा परिष्कृत हुँदै गएको छ। विशेषतः विवाह, ब्रतबन्ध, जन्मदिन जस्ता शुभ अवसरहरूमा दीर्घकालीन लाभ दिने किसिमका उपहार दिने प्रवृत्ति विस्तारै लोकप्रिय बन्दै गएको छ।

यही सन्दर्भमा जीवनकै अमूल्य सुरक्षाका रूपमा बीमा पोलिसी उपहार दिने चलन बढ्दो छ । यस्तै एक थप उदाहरण स्वरूप चन्द्र बहादुर लामाले आफ्नी श्रीमती कमला तामाङको जन्मदिनको अवसरमा रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीको ‘सुलभ जीवन बीमा योजना’ उपहार दिएका छन्।

उक्त बीमालेख हस्तान्तरण सिनियर एजेन्सी म्यानेजर सलाम सिङ तामाङ, बीमितको श्रीमान चन्द्र बहादुर लामा र अन्य पारिवारिक सदस्यहरूको उपस्थितिमा एक सानो कार्यक्रमका बीच सम्पन्न भएको कम्पनीले जनाएको छ।

लामाले जन्मदिनमा अन्य उपहारहरू भन्दा बीमा पोलिसी बढी उपयोगी, दीर्घकालीन सुरक्षादायी र भावनात्मक रूपमा समेत अर्थपूर्ण लागेकोले रिलायबल लाइफको बीमा योजनालाई उपहारको रूपमा रोजेको बताएका छन्।

कार्यक्रममा उपस्थित सिनियर एजेन्सी म्यानेजर तामाङले जीवन बीमाको महत्त्वमा जोड दिँदै जीवन अमूल्य भएको र प्रत्येक पाइलामा जोखिम हुन सक्ने भएकाले वर्तमान तथा भविष्यका लागि जीवन बीमा अत्यन्त आवश्यक भएको बताए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*