ट्रेड टावरको आईपीओको नतिजा अनलाइनमा सार्वजनिक
१ असार २०८२, आईतवार १२:३८

काठमाडौं । ट्रेड टावर लिमिटेडले आज बिहान साढे ९ बजे काठमाडौंको गौशालास्थित होटल क्रिस्टल पशुपतिमा गरेको आईपीओ बाँडफाँडको नजिता अनलाइनमा प्रकाशित गरेको छ।
यससँगै अब लगानीकर्ताले मेरो शेयर, बिक्री प्रबन्धक र सीडीएस एण्ड क्लियरिङ लिमिटेडले आईपीओ हेर्नका लागि निर्माण गरेको प्रणाली मार्फत् नतिजना हेर्न सकिने भएको छ।
कम्पनीले आईपीओ बाँडफाँड सम्पन्न भएको करीब ३ घन्टापछि बल्ल अनलाइन मार्फत् नतिजा सार्वजनिक गरेको हो।
यसमा २० लाख ७४ हजार २८५ जनाले आवेदन दिएकोमा १४ हजार ८९७ जनाको आवेदन रद्द भएको छ। रीतपूर्वक आवेदन दिएका २० लाख ५९ हजार ३८८ जना आवेदकमध्ये ३ लाख २९ हजार ६५० जनाले १०/१० कित्ताका दरले आईपीओ हात पारेका छन्।












