मुद्दती खातामा लगानी गर्न धितोपत्र बोर्डको आह्वान
१ असार २०८२, आईतवार १२:५३

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले अक्षय कोषको रकम मुद्दती खातामा लगानी गर्नका लागि इच्छुक ‘क’ वर्गका बैंकहरूबाट सिलबन्दी प्रस्ताव माग गरेको छ। बोर्डले नेपाल धितोपत्र बोर्ड लगानी सम्बन्धी नीति २०६७ बमोजिम उक्त लगानी प्रक्रिया अघि बढाउन लागेको हो।
बोर्डले असार ५ गतेको कार्यालय समयभन्दा एक घण्टा अगाडि सिलबन्दी प्रस्ताव पेश गर्न आह्वान गरेको छ। प्रस्ताव पेश गर्दा एक वर्षे मुद्दती खातामा दिन सकिने ब्याज दर तथा लगानी सम्बन्धी नीतिअनुसार योग्यता खुल्ने कागजात संलग्न गर्नु पर्नेछ।
उक्त सिलबन्दी प्रस्तावहरू सोही दिन अपरान्ह ५:०५ बजे बोर्डको कार्यालय खुमलटार, ललितपुरमा खोलिने जनाइएको छ।













