आइतबार पियोर इनर्जीसहित तीन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट
१ असार २०८२, आईतवार १५:१२

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक २.१३ अंकले बढेर २६५७ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार झिनो अंकले बढेसँगै आइतबार ९० कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज ग्रीन डेभलपमेन्ट बैंक, पियोर इनर्जी र छ्याङ्गदी हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, बरुण हाइड्रोपावर, युनियन हाइड्रोपावर, राप्ती हाइड्रो एण्ड जनरल, सानिमा मिडिल तमोर हाइड्रोपावर लगायतका कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ ।













