आइएमई लाइफद्वारा जेठ महिनामा दुई करोड १२ लाख रुपैयाँको बीमा दावी भुक्तानी

१ असार २०८२, आईतवार १५:३१

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी बीमितमैत्री बन्दै गएको छ । आम बीमितहरुको हक, हितको लागि सरल र सहज तरिकाले बीमा दावी भुक्तानी दिदैं बीमा क्षेत्रमा नै फरक परिचय बनाउन सफल कम्पनी हो ।

कम्पनीले जेठ महिनामा मात्रै विभिन्न स्थानबाट परेका ८७ वटा बीमा दावी वापत दुई करोड १२ लाख रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले नागरिकहरुको बीमा गराइसकेपश्चात दावी भुक्तानी, ऋण प्रवाह लगायतका सुविधाहरुलाई सहज र व्यवस्थित गर्दै गएको जनाएको छ ।

साथै कम्पनीका विभिन्न शाखा कार्यालयहरुले पनि दावी परेको छोटो समयमा नै अधिकांश बीमितहरुको घरमा गएर दावी भुक्तानी र बीमा जनचेतना फैलाउदै आएका छन् । महिनामा दुई करोडबढीको बीमा दावी भुक्तानी गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*