स्वीकृत कोषहरु खारेज गर्ने निर्णय विरुद्ध वित्तीय कर्मचारी संघहरु एकजुट

काठमाडौं । वित्तीय संस्थाहरुमा भएका स्वीकृत अवकाश कोषहरु खारेज गर्ने सरकारको निर्णय विरुद्ध नेपाल वित्तीय संस्था कर्मचारी संघ लगायतका कर्मचारी संगठनहरु एकजुट बनेका छन् ।
काठमाडौंको बबरमहलमा रहेको नेपाल वित्तीय संस्था कर्मचारी संघको कार्यालयमा सहभागि भएर फियोन, बिआईएफयू नेपाल, नेपाल राष्ट्रिय कर्मचारी संगठन लगायतको सहभागितामा आइतबारको बसेको बैठकले सरकारको उक्त कदमविरुद्ध एकजुट भएर अघि बढ्ने निर्णय गरेको हो ।
नेपाल वित्तीय संस्था कर्मचारी संघ लगायतका संगठनले आज अर्था असार १ गते काठमाण्डौको बबरमहलमा बैठक बसी बैंक, बीमा तथा वित्तीय संस्थाहरुमा कार्यरत कर्मचारीहरुको पेशागत हकहित तथा सुरक्षाको लागि सामूहिक विषयमा आवश्यक सहकार्य तथा समन्वय गरी अगाडि बढ्ने निर्णय गरेको छ ।
नेपाल सरकारको आर्थिक वर्ष २०८२–२०८३ को बजेट वक्तव्यको बुँदा नं. ३९८ तथा अर्थ बिधेयक २०८२ को बुँदा नं.२३ ले २०८३ असार मसान्त भित्र तोकिएको स्वीकृत कोषमा जानु पर्ने बाध्यात्मक व्यवस्था गरेको निर्णयलाई सच्याएर पुरानै व्यवस्था कायम गर्न भन्दै आन्दोलित बनेका छन् ।












