कुमारी बैंकको ७ हजार कित्ता शेयर सर्वसाधारणमा बिक्री खुला

२ असार २०८२, सोमबार ०६:३६

काठमाडौं । कुमारी बैंक लिमिटेडले ७ हजार ८८१ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ।

बैंकले यसअघि राष्ट्र बैंकको नियमानुसार संस्थापक शेयरधनीलाई प्राथमिकता दिएर शेयर बिक्रीमा राख्दा उक्त शेयर बिक्री नभएपछि सर्वसाधारणमा बिक्री खुला गरेको हो।

सो शेयर खरीद गर्न इच्छुक सर्वसाधारण लगानीकर्ताले अबको ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनु पर्नेछ।

उक्त शेयरको बिक्री मूल्य भने बिक्रेताले तोके बमोजिम हुने बैंकले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*