पेट्रोलियम पदार्थको मूल्य बढ्यो
२ असार २०८२, सोमबार ०७:१३

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो।
नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपियाँले बढाइएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपियाँले मूल्यवृद्धि गरिएको छ।
काठमाडौं, पोखरा र दीपायलमा पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १६० रुपैयाँ हुनेछ। यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४५ रुपैयाँ पर्नेछ।











