डिप्रोक्स लघुवित्तमा ४० जना कर्मचारी माग, एसईई पास गरेकालाई अवसर

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कनिष्ठ सहायक पदमा ४० जना कर्मचारी माग गरेको छ।
यसका लागि कम्तीमा एसईई वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनु पर्नेछ। प्लस टू गरेकालाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ।
अनुभवमा लघुवित्त कम्पनीमा कम्तीमा ६ महीनादेखि काम गरिरहेको हुनु पर्नेछ। कम्प्यूटर सम्बन्धी ज्ञान भएको र मोटरसाइकलको लाइसेन्स भएकाले प्राथमिकता पाउनेछन्।
उमेरको हदमा १८ वर्ष पूरा गरी ३५ वर्ष ननाघेको (महिलाको हकमा ४० वर्ष ननाघेको) हुनु पर्नेछ। परीक्षा लिखित र अन्तर्वाता गरी दुई चरणको हुने कम्पनीले जनाएको छ।
योग्य तथा इच्छुक व्यक्तिले आवश्यक कागजात सहित असार १६ गतेभित्र आवेदन दिइसक्नु पर्नेछ।













