मकरी गाड हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने

२ असार २०८२, सोमबार ०९:०८

काठमाडौं । मकरी गाड हाईड्रोपावर लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ।

यसका लागि कम्पनीले यही असार १८ गते साँझ ५ बजे कम्पनीको रजिष्टर्ड कार्यालयमा विशेष साधारणसभा बोलाएको छ।

सभाले अधिकृत र जारी पूँजी वृद्धि गर्ने र सोपछि सर्वसाधारणमा शेयर (आईपीओ) जारी गर्ने प्रस्ताव पारित गर्नेछ।

आईपीओ बाँडफाँडपछि प्राप्त हुने पूँजीको उपयोग सम्बन्धमा र आवश्यकता अनुसार कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*