प्रतिनिधि सभाको बैठक आज बस्दै, अर्थमन्त्री पौडेलले प्रश्नको जवाफ दिने
२ असार २०८२, सोमबार ०९:१९

काठमाडौं । प्रतिनिधि सभाको छैटौं अधिवेशनको ३०औं बैठक आज असार २ गते सोमबार बिहान ११ बजे बानेश्वरस्थित संसद भवनमा बस्दैछ।
बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ का सम्बन्धमा टेबुल गरिनेछ।
त्यस्तै आउँदो आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामानय छलफल जारी रहने र उपप्रधान एवम् र्अमन्त्री विष्णु प्रसाद पौडेलले छलफलमा उठेका प्रश्नको जवाफ दिनेछन्।
त्यसैगरी अर्थमन्त्री पौडेलले विनियोजन विधेयक, २०८२ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।











