भन्सार चेकप्वाइन्टबाट १८ लाख रुपैयाँसहित दुई जना पक्राउ

२ असार २०८२, सोमबार ०९:३१

काठमाडौं । पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका–१६ स्थित भन्सार चेकजाँच बिन्दुबाट १८ लाख नेपाली रुपैयाँसहित दुई जना पक्राउ परेका छन्।

प्रस्तावित सीमा सुरक्षा गुल्म, वीरगन्जले वीरगन्ज–२ छप्कैया बस्ने २१ वर्षीय युवक र बारा जिल्लाको प्रसौनी गाउँपालिका–२ का ४० वर्षीय पुरुषलाई नियन्त्रणमा जेठ ३० गते लिएको हो।

रकमको स्रोत नखुलेकाले अवैध रूपमा रकम ओसारपसार गरेको आशंकामा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*