सानिमा रिलायन्स लाइफको बीमालेख रिन्यू गर्दा ब्याजमा शतप्रतिशत छुट

२ असार २०८२, सोमबार ०९:४६

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित भएका बीमालेख रिन्यू (नवीकरण) गर्दा लाग्ने ब्याजमा शतप्रतिशत छुट दिने भएको छ।

कम्पनीले एक सूचना जारी गर्दै आज असार २ गतेदेखि २७ गतेभित्र व्यतित भएका बीमालेख रिन्यू गरेमा त्यसमा लाग्ने विलम्ब शुल्कमा छुट दिने घोषणा गरेको हो।

साथै बीमालेख अवधिभित्र यस्तो छुट सुविधा एकपटक मात्रै पाइने कम्पनीले स्पष्ट पारेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*