सोमबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
२ असार २०८२, सोमबार १०:३२

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आइतबार बढेको सुनको मूल्य आज भने स्थिर रहेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि स्थिर रहदै प्रतितोला दुई हजार १६५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।













