नागरिक पेन्सन योजना र पुँजी बजार सम्बन्धी कोषको प्रशिक्षण

२ असार २०८२, सोमबार १३:५४

काठमाडौं । नेपाल कमर्श क्याम्पस मिनभवनका एमविए फाइनान्सका विद्यार्थीहरूलाई नागरिक लगानी कोषले नागरिक पेन्सन योजना र पुँजी बजारसम्बन्धी प्रशिक्षण दिएको छ ।

कार्यक्रममा कोषका उप निर्देशक नारायण घिमिरेले पेन्सन योजनामा सहभागी हुने प्रक्रिया, लाभ र योजनाको उद्देश्यबारे जानकारी दिँदै ‘नागरिक पेन्सन योजना सहभागी होऔं, अवकाशपछिको जीवन सुरक्षित बनाऔं’ भन्ने नारालाई आत्मसात गर्नुपर्नेमा जोड दिए ।

त्यसैगरी, कोषका प्रशिक्षक विवेक अधिकारीले सेयर बजार, खरिद बिक्री प्रक्रिया, आर्थिक तथा प्राविधिक विश्लेषणलगायतका विषयमा प्रशिक्षण दिए । उनले पुँजी बजारका उपकरण, दोस्रो बजार, सूचीकृत कम्पनीहरूको पोर्टफोलियो, सूचक विश्लेषणका विधि र पुँजी बजारका चरणहरूबारे विस्तृत जानकारी प्रस्तुत गरे ।

प्रशिक्षण कार्यक्रममा कोषका निर्देशक शोभा श्रेष्ठ र हेमन्त पोखरेल, क्याम्पसका सह–निर्देशक मदन पोखरेल, सहायक क्याम्पस प्रमुख निश्चल रिसाल र सन सेक्युरिटिजका प्रबन्ध निर्देशक कृष्ण गिरीको समेत उपस्थिति रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*