सोमबार दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट
२ असार २०८२, सोमबार १५:११

काठमाडौं । साता कारोबारको दोस्रो दिन अथात सोमबार शेयर बजार झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ३.४० अंकले बढेर २६५९ को बिन्दुमा कायम भएको छ ।
आज पियोर इनर्जी र पिपल्स पावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सोमबार कर्पोरेट डेभलपमेन्ट बैंक, सोल्टी होटल र सनराइज फण्ड लगायतको शेयरमूल्य बृद्धि भएको छ ।














