विन्ध्यवासिनी हाइड्रोपावरको लकइन अवधि समाप्त
३ असार २०८२, मंगलवार ०६:२२

काठमाडौं । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ९६ लाख ७१ हजार ८८ कित्ता शेयरको लइकन अवधि समाप्त भएको छ।
यस कम्पनीको संस्थापक समूहको ८४ लाख ७३ हजार ५०० कित्ता, कर्मचारीको ६७ हजार ७८८ कित्ता र आयोजना प्रभावित स्थानीय बासिन्दाको ११ लाख २९ हजार ८०० कित्ता शेयर लकइनमा रहेको थियो। असार २ गते लकइन अवधि समाप्त भएको हो।
लकइन अवधि समाप्त भएसँगै उक्त शेयरहरू आजदेखि कारोबार गर्न सकिने छ। तर सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरूले भने कारोबार गर्न नपाउने कम्पनीले जनाएको छ।












