प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

३ असार २०८२, मंगलवार ०७:३९

काठमाडौं । संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको छैठौं अधिवेशनको ३२औं बैठक आज मंगलबार नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजेबाट बस्दैछ।

बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नेछन्।

त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहित संघीय निजामती सेवा विधेयक, २०८० माथि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*