इरानी टेलिभिजनको लाइभ प्रसारणकै बीचमा इजरायली हमला

३ असार २०८२, मंगलवार ०८:१६

काठमाडौं । इरानको सरकारी टेलिभिजन इस्लामिक रिपब्लिक अफ इरान न्यूज नेटवर्क (आईआरआईएनएन) मा समाचारको प्रत्यक्ष प्रसारण भइरहँदा इजरायलले हमला गरेको छ।

घटनाको सार्वजनिक फुटेजमा समाचार प्रस्तोता बोलिरहँदा भवनको छानाबाट धुलो र भग्नावशेष खसेको देखिन्छ। हमलाको तीव्रताले स्टुडियोभित्रै भग्नावशेष खसेको र समाचार प्रस्तोता आत्तिदै क्यामेराबाट बाहिरिँदै गरेको दृश्य उक्त फुटेजमा देखिएको छ।

यसअघि नै इजरायली रक्षा मन्त्रीले उक्त इरानी प्रसारण संस्था छिट्टै समाप्त हुने चेतावनी दिएका थिए। आक्रमणपछि स्टुडियोमा क्षति भएको र केही पत्रकार घाइते वा मारिएको आशंका गरिएको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार घटनामा मानव क्षतिको विवरण अझै पुष्टि हुन बाँकी छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*